नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
काठमाडौं : नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा शनिबार सम्पन्न १३औँ राष्ट्रिय अधिवेशनमा लोकहरि श्रेष्ठलाई हराउँदै श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन्।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश खण्डेलवाल, उपाध्यक्षहरूमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित भएका छन्। महासचिवमा रामचन्द्र शर्मा र सचिवमा यमनाथ पौडेल र कोषाध्यक्ष सम्राटमान जोशी निर्वाचित भएका छन्।
औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको जानकारी दिइएकाे छ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित