स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला
जनकपुर : स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको निजी अस्पताल जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत एक नर्स अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेकी छिन्।
महोत्तरी स्थायी घर भएकी अन्दाजी २५ वर्षकी नर्स रक्षा आलेको शव शनिबार राति १२ बजे अस्पतालकै शौचालयमा सलले घाँटी बेरिएको अवस्थामा फेला परेको हो।
आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।
अस्पतालले घटनालाई आत्महत्या गरेको बताए पनि परिवारले घटना रहस्यमय बनेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने