दन्त चिकित्सा सम्बन्धी सेमिनार सम्पन्न
चितवन: चितवनमा आयोजित दन्त चिकित्सा सम्बन्धी सेमिनार सम्पन्न भएको छ ।
चितवनकाे साईराम डेन्टल केयरले आयोजना गरेको दुई दिने सेमिनारमा ८० जना भन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता थियो । सेमिनारको पहिलो दिन दाँतको जरै देखि उपचार गर्ने पद्धतीका बारेमा छलफल भएको थियो भने दोस्रो दिन दन्त चिकित्सा क्षेत्रको नौलो विधि दन्त प्रत्यारोपण सम्बन्धि जानकारी एवम तालिम दिइएको थियो । सेमिनारमा नेपाल चिकित्सक संघ झापा शाखाका प्रेसिडेन्ट डा फरवार्ड सिलवाल,बंगलादेशका म्याग्जिलोफेसिअल सर्जन डा सहिद अतिकुर रहमान र चितवन मेडिकल कलेजमा कार्यरत प्रोस्थोडोन्टिक्स डा स्मृति नारायण ठाकुरले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा साईराम डेन्टल केयरकी निर्देशक डा सरिता थापाले दन्त चिकित्सकका लागी यस्ता खालका सेमिनारले अपडेट हुन र ज्ञान सिप आदानप्रदान गर्न मद्धत गर्ने हुँदा कार्यक्रम आयोजना गरिएको बताईन । उनले भनिन, यसभन्दा अघि पनि हामीले दन्त चिकित्सकका लागि निशुल्क तालिम एवम सेमिनार गर्दै आएका छौं ।
यसैगरी रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सलट्यान्ट डेन्टल सर्जन डा अजय न्यौपानेले अहिलेको प्रविधिको जमानामा चिकित्सकलाई अपडेट राख्नका लागि पनि यस्ता खालका तालिम र सेमिनार नियमित रुपमा चाहिने बताए। ‘अझ हामी जस्ता राजधानी बाहिर बस्ने डाक्टरहरुले गुणस्तरीय सेवा दिनका लागि ताजा जानकारी लिनुपर्छ उनले भने, । ‘ राजधानी बाहिर दन्त सेवामा अग्रणी स्थानमा रहेको चितवनमा आयोजित यो कार्यक्रममा दन्त प्रत्यारोपण प्रविधिको बारेमा चिकित्सकहरुलाई तालिम दिइएको थियो ।
यो तालिम पछि सेवा लिन काठमाडौं जानुपर्ने बाध्यता हट्ने डा न्योपानेले बताए । साईराम डेन्टल केयरले स्वास्थ्य उपचार मात्र हैन चिकित्सकको ज्ञान बढाउन र सर्वसाधारणमा जनचेतना बढाउने कार्यमा पनि हात अघि बढाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’