नर्भिक अस्पतालले मनायो २६ औं वार्षिकोत्सव
काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले एक कार्यक्रम गरी शनिबार वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरीले आगामी तीन बर्षभित्र करिब २ अर्बको लगानीमा २५० शैयासहितको अत्याधुनिक अस्पताल बनाउने जानकारी दिए ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक अस्पतालमा प्रत्येक नेपालीले आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख गरे । उनले भने, ‘आजभन्दा १० वर्ष अघि नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे अवस्था थियो तर अहिले धेरै सङ्ख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन् ।’
आजभन्दा २५ वर्षअघि २५ शैयाबाट करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १५० शैयामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९०० भन्दा बढी कार्यरत रहेको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तसञ्चार केन्द्र पनि सुरु गरेको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने