नर्भिक अस्पतालले मनायो २६ औं वार्षिकोत्सव
काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले एक कार्यक्रम गरी शनिबार वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्त चौधरीले आगामी तीन बर्षभित्र करिब २ अर्बको लगानीमा २५० शैयासहितको अत्याधुनिक अस्पताल बनाउने जानकारी दिए ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक अस्पतालमा प्रत्येक नेपालीले आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख गरे । उनले भने, ‘आजभन्दा १० वर्ष अघि नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे अवस्था थियो तर अहिले धेरै सङ्ख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन् ।’
आजभन्दा २५ वर्षअघि २५ शैयाबाट करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १५० शैयामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९०० भन्दा बढी कार्यरत रहेको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तसञ्चार केन्द्र पनि सुरु गरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’