प्रहरी अस्पतालमा शिशु स्याहार केन्द्र स्थापना
काठमाडौं : नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ।
नेपाल प्रहरी अस्पतालको ३५औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भीआईपी कक्ष’को उद्घाटन गरेका हुन्।
कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवासुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे।
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० शय्यायुक्त अस्पतालका रूपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले प्रदान गरेको एक करोड ५० लाख रूपैयाँको थैली अस्पतालका प्रमुख डा थापालाई हस्तान्तरण गरे। उनलेअस्पतालबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘आरोग्य दर्पण–२०७५’ को विमोचन गरे।
२०४० चैत २७ गते २५ शय्याबाट शुरु भएको सो अस्पतालमा अहिले १५० शय्या छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’