Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ र आरामदायी जीवनका लागि

स्वस्थ र आरामदायी जीवनका लागि

एक व्यक्तिले पारिवारिक सम्पूर्ण खर्च धान्नुपर्ने भएकाले लामो समय काममा बिताउनुपर्दा दबाब हुन्छ। यसरी बढी व्यावसायिक हुनुपर्दा परिवारलाई पर्याप्त समय दिन सकिँदैन। भौतिक सुखका बीच पनि कतिपय अवस्थामा परिवारभित्र तनावसमेत सिर्जना भइरहेको हुन्छ।

जीवन पनि थप संघर्षपूर्ण भइराखेको हुन्छ। शारीरिक रूपमा पनि अस्वस्थ भइन्छ। सफलता र खुशी परिवार पर्यायवाची शब्दावली हुन् । भनिन्छयदि कसैले परिवार नै मिलाउन सक्दैन भने उसले बाहिरसमेत राम्ररी गर्न सक्दैन। यस्ता नियम पालना गरेर जीवन सुखी र खुशी बनाउन सकिन्छ–

आफूलाई प्राथमिकतामा राख्नुस्

कामको चापबाट हुने तनावलाई कम गर्न आफूलाई मन पर्ने अन्य क्रियाकलाप गर्न सकिन्छ। जस्तै, काममै रहँदासमेत आफूले विगतमा गरेका कामहरू केलाउन सकिन्छ। आत्ममूल्यांकन गर्दा आफ्ना कमी–कमजोरी छुट्याउन मद्दत पुर्‍याउँछ । अनि, थप काम गर्नसमेत प्रेरणा जगाउँछ।

सोच्न र रमाइलो गर्न एक घण्टा समय लिनुस्

रमाइलो गर्न वा आफ्नो बारेमा सोच्नका लागि दिनमा कम्तीमा पनि एक घन्टा समय छुट्याउनुहोस्। यो समयमा आफूलाई मन पर्ने पुस्तक पढ्ने, साथीहरूसँग रमाइला गफ गर्नेजस्ता क्रियाकलाप गर्नुपर्छ।

परिवारसँग प्रशस्त समय बिताउनुस्

परिवारसँग समय बिताउँदा आत्मीयता महसुस हुन्छ। दिनभरको कामको बोझले हुने तनावबाट समेत राहत मिल्छ। सामान्यतया परिवारका सदस्यबीच एक–अर्कामा सधैँ सकारात्मक सोच हुने भएकाले यसले कामप्रति थप प्रेरणा दिन्छ।

कहिलेकाहीँ बिदा लिनुस्

काममा ध्यान केन्द्रित गर्नुपर्ने व्यक्तिको बाध्यता छ। यद्यपि, जीवन सन्तुलित बनाउन काममा केही समय विश्राम लिन जरुरी छ । यसका लागि हप्तामा कुनै दिन बिदा लिएर घुम्न जाने वा एकान्तमा बस्नुपर्छ। जसले हरेक विषयमा सोच्ने समय मिल्छ। यसो गर्दा कामबाट हुने तनाव कम हुनुका साथै महत्त्वपूर्ण काममा ध्यान दिनसमेत मद्दत पुग्छ।

हुँदैन भन्न सिक्नुस्

कुनै विषय महत्त्वपूर्ण छ वा छैन भनेर निर्णय लिन सक्नुपर्छ।  कतिपय काम हामीले नचाहेर समेत भइरहेका हुन्छन्। सम्बन्ध बिग्रिने, अरूका अगाडि बेइज्जत हुने डरले आफू नरम बन्ने बानीले जीवनमा धेरै नोक्सानी हुनसक्छ। यस्ता विषयले पछि तनाव दिनुका साथै सफलतामा समेत बाधा पुग्छ। त्यसैले नचाहेका कुरा अस्वीकार गर्ने बानी गर्नुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार