नयाँ बसपार्कमा चालककाे निःशुल्क स्वास्थ्य जाँच
काठमाडौं : गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालक निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा मंगलबार चालक तथा सहचालककाे निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो।
उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम आयोजना गरेको हो।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा. अजयसिंह थापाले हरेक चालक तथा सहचालकलाई तन्दुरुस्त राख्नका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए।
नेपाल प्रहरीले ग्राण्डी अस्पतालसँगकाे सहकार्यमा गरेकाे शिविरमा ३०० भन्दा बढी चालक तथा सहचालकले आँखा तथा स्वास्थ्य जाँच गराएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण