क्यान्सरबारे जनचेतना फैलाउन मनिषा सगरमाथा बेस क्याम्पमा
काठमाडौं : क्यान्सर जीवनको समाप्ति होइन भन्ने सन्देश दिन बलिउड नायिका मनिषा कोइराला सगरमाथा बेस क्याम्प पुगेर फर्केकी छिन्। उनलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यान्सर केयर नेपालका पदाधिकारीले स्वागत गरे।
उनी १० दिनअघि बेस क्याम्प गएकी थिइन्। कोइराला क्यान्सर केयर नेपालकी मानार्थ अध्यक्षसमेत हुन्। आफूले क्यान्सर जितेपछि मनिषाले नेपालमा यससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा आफैँ सहभागी हुँदै आएकी छिन्।
उनले क्यान्सरलाई कसरी जितिन् भन्ने विषयमा ‘हिल्ड, बुक अफ अनटोल्ड स्टोरी’ शीर्षककाे पुस्तक दुई महिना अघि प्रकाशन भएको थियाे।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै