‘खाना एक उत्सव हाे’
विज्ञान तथा प्रविधिको विकासले संसार साँघुरिएको अवस्थामा मानव जातिको आधारभुत आवश्यकता खानामा पनि परिवर्तन भएको छ । विभिन्न देश समूदाय र जातिहरुमा खानेकुराहरु पनि उत्सव अभिव्यक्त गर्ने प्रतिक बनेका छन्।
परम्परागत खानाशैली भौगौलिक अवस्थामा आधारित छ । पूर्वीय सभ्यता र पश्चिमी सभ्यताको मिश्रणले खानपान शैलीमा परिवर्तन भएको छ । यस परिवर्तन स्वस्थ जीवन र स्वस्थ समाजमा सकारात्मक र नकारात्मक रुपमा प्रभाव परेको दखिन्छ । खानपानमा महत्व दिई उत्सव मनाउने परम्परागत ठाउँ अनुसार फरक फरक छ । उदाहरणको लागि विशेष गरी काठमाडौंमा रहेका नेवार जातीहरुमा खानाको विशेष खालको पहिचान छ ।
नेवारी भोजमा धेरै थरीका परिकारहरु जस्तै अन्न, गेडाडुडी, तरकारी, मासु, दही, सलाद, समावेश हुने हुँदा खाद्य समूहको आधाारमा अत्यन्त सन्तुलित देखिन्छ । जुन अभ्यास पहिलेदेखि नै हुँदै आएको छ ।
तर हालको अवस्थामा यस्ता खानेकुराहरुसाथै अन्य मुलुकबाट भित्रिएका खानेकुराहरु जस्तै आलु चिप्स, केक, आइसक्रिम ,कोल्ड ड्रिक्स जसलाई जंकफुड भनिन्छ समावेस भएकाले भोज स्वस्थ हुँदाहुँदै पनि अस्वस्थ बन्न थालेको छ । जुन चिन्ताको विषय हो । यस्ता भोजमा परम्रपरागत भोजमा यस्ता आयातित खाना समावेश नगरेकै राम्रो जसले स्वास्थ्यमा नकारात्मक असरहरु पर्न जान्छ । यस्ता जंक फुड एवम बढी गुलियो भएका पेय पदार्थले तौल बढाउने, मधुमेह, उच्च रत्तचाप बढाउन सहयोग गर्छन।
नेवारी भोजमा धेरै थरीका परिकारहरु जस्तै अन्न, गेडाडुडी, तरकारी, मासु, दही, सलाद, समावेश हुने हुँदा खाद्य समूहको आधाारमा अत्यन्त सन्तुलित देखिन्छ । जुन अभ्यास पहिलेदेखि नै हुँदै आएको छ ।
तर हालको अवस्थामा यस्ता खानेकुराहरुसाथै अन्य मुलुकबाट भित्रिएका खानेकुराहरु जस्तै आलु चिप्स, केक, आइसक्रिम ,कोल्ड ड्रिक्स जसलाई जंकफुड भनिन्छ समावेस भएकाले भोज स्वस्थ हुँदाहुँदै पनि अस्वस्थ बन्न थालेको छ ।
त्यसैले यी समस्याहरुबाट बच्न बचाउन र नियन्त्रण गर्न आफनो शरीरलाई कति पौष्टिक तत्वहरुको आवश्यक पर्दछ भन्ने जानकारी हुनुपर्दछ । साथै विभिन्न उत्सवहरुमा खाइने खानेकुराहरुलाई यस आवश्यकता अनुसार खानु र ख्वाउनु साथै प्राकृतिक खानेकुरामा जोड दिनु नै यस परिवर्तनशिल समयको माग र आवशयकता हो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य