सरकारी चिकित्सकसँग सरकारले माग्यो १५ दिन, आन्दोलनका कार्यक्रम स्थगन
काठमाडौं : सरकारले माग सम्बोधन गर्न १५ दिनको समय मागेपछि सरकारी चिकित्सकको आन्दोलन फिर्ता हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्ममा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
सरकारले समस्या समाधानका लागि समय मागेकाले सरकारी अस्पताल बन्दको कार्यक्रम १५ दिनका लागि स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले जानकारी दिए। यद्यपि यसको घोषणा भने आइतबार बस्ने भेलाले गर्ने उनले जनाए । योसँगै आइतदेखि देशभरका सरकारी अस्पतालमा सबै सेवा खुल्ने भएको छ।
कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !