वीरेन्द्रनगर नगरपालिकामा आमा तथा शिशु सुरक्षा कार्यक्रम
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्ने उल्लेख छ।
विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। त्यसैगरी नगरक्षेत्रभित्र कुपोषणको पहिचान, नियन्त्रण र व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ। नगर क्षेत्रका कुपोषित बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने विधेयकमा उल्लेख छ।
विधेयकमा स्वास्थ्य संस्था सञ्चालन गर्न नगर कार्यपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकारले निर्धारण गरेको मापदण्डका साथै तोकिएको प्रक्रिया पूरा गरेको सुनिश्चित गरी नगरपालिका क्षेत्रभित्र निजी, गैरसरकारी, सामुदायिक तथा सहकारी संस्थालाई कार्यपालिकाले स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति दिनसक्ने व्यवस्था गरिएको छ।
सोअनुसार प्राथमिक अस्पताल, नर्सिङहोम, निदान केन्द्र, क्लिनिक, औषधि पसल, आयुर्वेदिक औषधालय, पुनःस्थापना केन्द्र, पोलिक्लिनिक, मेडिकल ल्याब, डायग्नोष्टिक सेवा, सामुदायिक स्वास्थ्य हेरचाह केन्द्र, नसर्ने रोग न्यूनीकरणका लागि फिटनेस सेन्टर, योग केन्द्र सञ्चालनका लागि अब नगर कार्यपालिकाबाट अनुमति लिनुपर्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण