Health TV Online
Health TV Online
Health TV Online

सरकारलाई चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

सरकारलाई चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। बिहीबार बसेको संघको बैठकले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान निकाल्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो।

‘अन्यथा, चिकित्सकहरूको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरु देशभर सञ्चालन गर्न बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ’,विज्ञप्तिमा भनिएको छ।

संघले सशक्त विरोधका कार्यक्रमहरूका लागि तयारी अवस्थामा बस्नसमेत अनुरोध गरेको छ। ‘संघबाट घोषणा गरिने आन्दोलनका कार्यक्रमहरुबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ’, महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार