स्वास्थ्य क्षेत्रमा अनुसन्धान बढाउँदै लानुपर्नेमा जाेड
काठमाडौं : स्वास्थ्य क्षेत्रमा अनुसन्धान बढाउँदै लानुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलनमा विज्ञहरुले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन अनुसन्धान बढाउनुपर्नेमा जोड दिएका हुन्।
सम्मेलनको उदघाट्न गर्दै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले यतिबेला देश संघीय संरचनामा गएका बेला अझ बढी स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन अनुसन्धान र तथ्यमा आधारित प्रमाणहरु चाहिने बताए । त्यसैले स्वास्थ्य अनुसन्धानमा राज्यले लगानी गर्ने बेला आएको पनि उनले जीकिर गरे ।
उद्घाटन सत्रमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले नेपालमा पछिल्लो समय अनुसन्धान बढेको भए पनि अझै यसलाई बढाउँदै लानुपर्ने बताइन्। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुसिलनाथ प्याकुरेलले देशकाे बदलिंदो संरचनामा आधारित भएर अनुसन्धान गर्नुपर्ने बताए । उनले भने , एउटा प्रदेशमा देखिएका समस्या अर्को प्रदेशमा नदेखिन सक्छ त्यही अनुसार कार्यक्रम बनाउनका लागि पनि शुरुमा त्यस स्थानमा अनुसन्धान नै हुनुपर्छ ।
कार्यक्रममा परिषदका कार्यकारी अध्यक्ष प्रा.डा.अन्जनी कुमार झा, मानार्थ अध्यक्ष डा.मृगेन्द्रराज पाण्डे, डा भोजराज अधिकारी लगायतले अनुसन्धानमा जोड दिंदै मन्तब्य राखेका थिए। सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?