Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी पदबाट बर्खास्त

हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी पदबाट बर्खास्त

काठमाडौं:  हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरिएको छ । बुधबार बसेको संघको केन्द्रिय समितिको बैठकबाट अधिकारीलाई सर्वसम्मतीले पदबाट बर्खास्त गर्ने निर्णय गरिएको विज्ञप्ति जारी गर्दै जनाइएको छ ।

सामान्य मन्त्रालयले हेल्थ असिस्टेन्टको समायोजन सूची सार्वजनिक गरेको भोलिपल्टै बुधबार बसेको केन्द्रीय समितिको बैठकले अधिकारीमाथि विभिन्न ९ आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्ने निर्णय बहुमतबाट पारित गरेको हो ।

विज्ञप्तिमा कर्मचारीको पेसागत हकहितका लागि स्थापित संस्थामा अध्यक्ष अधिकारीले राजनीति गरेको आरोप केन्द्रीय समितिले लगाएको छ । अधिकारीले हेल्थ असिस्टेन्टहरुलाई मर्का पर्ने गरी समायोजन सूची सार्वजनिक भएको अवस्थामा पनि कुनै निर्णायक भूमिका निर्वाह नगरेको समेत वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।  उता अधिकारीले भने आफूमाथि षडयन्त्र भएको दावी गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार