वीर अस्पतालमा प्रहरी लगाएर ओपीडी टिकट त बाँडियो तर बिरामी जाँच्ने डाक्टर भएनन्
काठमाडौं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकका कारण बन्द जस्तै रहेको वीर अस्पतालमा प्रशासनले प्रहरी लगाएर बुधबार ओपीडी टिकट बाँडेको छ ।
उक्त टिकट बाँड्ने क्रममा चिकित्सक र प्रहरीबिच धरपकड समेत भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए । अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले अस्पतालभित्र गएर बिरामी कुनै पनि हालतमा नहेर्ने पाण्डेको भनाई छ । उनले भने, बरु हामीले बिरामीको मर्का बुभेर अस्पताल बाहिरै केही बिरामी हेर्यौं उनले भने ।
अस्पतालले टिकट काटे पनि बिरामी जाँच्ने डाक्टर नभएपछि सेवा भने दिन नसेकेको एक चिकित्सक बताउँछन। धेरै जसो डाक्टर आन्दोलनमा छन्, टिकट मात्र काटेर कसरी सेवा दिने उनले भने।
सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गर्दैै आन्दोलनमा उत्रेको आज छैठौ दिन पुगेको छ। सरकारले चिकित्सकहरुलाई पटक पटक आन्दोलन फिर्ता लिई काममा खटाएको स्थानमा जान अपिल गरे पनि चिकित्सकहरु आफूहरु अन्यायमा परेको भन्दै आन्दोलन जारी राखेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’