Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजमा टेस्टट्युब बेबी सेन्टर

चितवन मेडिकल कलेजमा टेस्टट्युब बेबी सेन्टर

भरतपुर : चितवन मेडिकल कलेजले टेस्टट्युब बेबी सेन्टर (आईभीएफ सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आइतबारदेखि उद्घाटन गरेका छन्।

नेपालमा ठूलो समस्याको रूपमा रहेको निःसन्तानपन समस्यालाई मध्यनजर गरी आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको मेडिकल कलेजका प्रवन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले जानकारी दिए। उनका अनुसार करिब तीन करोडको लागतमा अत्याधुनिक प्रजनन संरक्षण सेवा प्रणालीसहितको टेस्टट्युब बेबी सेन्टर सेवा सञ्चालनमा ल्याइएको हो।

अब निःसन्तानपनको उपचार गराउन विदेश जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ। मेडिकल कलेजमा दैनिक रूपमा दुई दम्पती निसन्तानपनसम्बन्धी समस्या लिएर आउने गरेको अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उपेन्द्र पण्डितले जानकारी दिए।

मेडिकल सिटिको रूपमा अघि बढिरहेको चितवनमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणाली सहितको टेस्टट्युब बेबी सेन्टर सेवा पहिलोपटक भित्रिएको जनाइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार