Health TV Online
Health TV Online
Health TV Online

महोत्तरीमा २१८ जनामा एचआईभी सङ्क्रमण

महोत्तरीमा २१८ जनामा एचआईभी सङ्क्रमण

महोत्तरी : जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ। यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरूको मात्र हो। अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डाक्टर राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, १ सय १६ महिला, तीन तेस्रोलिङ्गी, आठ बालक र ६ बालिका छन्।

जिल्ला अस्पताल जलेश्वरमा एचआईभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमित रूपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको डा. झाले बताए।

उनका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै १९ जना नयाँ बिरामी थपिएका छन् भने विगत १० देखि १५ वर्ष अगाडिदेखि पनि सङ्क्रमित जलेश्वर अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार