दमकमा युवाले गरे रक्तदान
झापा : सिद्धार्थ ब्लड बैंक, दमक शाखाको प्राविधिक सहयोगमा मनकामना कलेज सामाजिक कार्य विभाग तथा सामाजिक कार्यका लागि युवाले आइतबार विश्व स्वास्थ्य दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम गरेको छ।
कार्यक्रममा ३२ जना महिला तथा ३३ जना पुरुष गरी ६५ जनाले रक्तदान गरे। कार्यक्रमको प्रायोजक जेन्युन एजुकेसन एण्ड भिसा सर्भिसले गरेको हो।
‘बढ्दो रगतको अभावलाई सम्बोधन गर्न साथै बारा र पर्सामा हावाहुरीका कारण रगत अभाव भएको सुन्याैँ’, सामाजिक कार्यका लागि युवाका अध्यक्ष सरोज खरेलले भने, ‘ त्यसैलाई दृष्टिगत गरी यो कार्यक्रम आयोजना गरेका हौँ।’
कार्यक्रममा दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा नि:शुल्क आँखा परीक्षण तथा औषधी वितरण गरको सामाजिक कार्य विभागका संयोजक सौरभ प्रसाईंले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण