किन खाने घिउ?
घिउ पौष्टिक पदार्थ हो। यसलाई जुनसुकै तरिकाले खान सकिन्छ । भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।शुद्ध जातका गाईभैँसीका मिसावट नगरिएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ।
यी हुन् घिउका अरु फाइदा
घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउन सकारात्मक भूमिका खेल्छ ।
कब्जियतका बिरामीलाई घिउ सेवन निकै फइदाजनक हुन्छ।
यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ। यसले गर्दा हिँडडुल गर्न सहजता मिल्छ ।
घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ।
यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्छ।
शुद्ध घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ।
घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै