अझै धेरै महिला लुकाउँछन् आङ खस्ने समस्या
काठमाडौं : लाजका कारण वर्षौँसम्म पनि महिलाहरू आङ खस्ने समस्या लुकाएर बस्ने गरेको पाइएको छ । शनिबार राजधानीमा आयोसिजत ‘ओभरकमिङ युट्रेन प्रोल्याप्स इन नेपाल’ नामक कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएकाे हो।
महिलाहरूमा आङ खस्ने समस्या सामाजिक समस्या बनेको भन्दै यसलाई बाहिर ल्याउन खेमा नेपाल र रेस्टले संयुक्त रूपमा कार्यक्रम गरेको डा. अरुणा उप्रेतीले जानकारी दिइन्। ‘हामीकहाँ महिलाहरू लाजका कारण आङ खस्ने समस्या लुकाएर बस्छन्। उपचार गराउन जाँदैनन्’, उनले भनिन्, ‘यसको उपचार सम्भव छ भन्ने सन्देश दिन यो कार्यक्रम गरेका हौँ।’
कार्यक्रममको उद्घारटन वर्षौँसम्म आङ खस्ने समस्या भएर भर्खर मात्र उपचार गरेका चार जना महिलाबाट गराइएको थियो ।
तीमध्ये मकवानपुरकी एकमाया लायमगरले आङ खसेपछि पनि कष्टका साथ चार सन्तान जन्माएको बताइन्। उनको कुरा सुनेर धेरैको आँँखा रसाएका थिए।
कार्यक्रममा विशेषज्ञहरूले नेपालमा कम उमेरकै युवतीहरुमै आङ खस्ने समस्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. गेहनाथ बरालले आङ खस्ने समस्यामा सबैलाई शल्यक्रिया गर्न नपर्ने भन्दै धेरैलाई व्यायाम र औषधिले ठिक पार्ने बताए। समयमै उपचारमा आउन उनले सुझाव दिए।
कार्यक्रममा वरिष्ठ पत्रकार कनकमण दीक्षितले यो समस्याबारे मिडयिामार्फत जनचेतना फैलाउन आवश्यक रहेको बताए। ‘धेरै महिलालाई यो सेवाबारे थाहा छैन’, उनले भने, ‘त्यसैले सञ्चारमाध्यमबाट यस्ता सूचना सम्प्रेष्ण गरिरहन जरुरी छ।’

आङ खस्ने समस्या नेपालमा सबैभन्दा धेरै सुदूरपश्चिमममा देखिएको तथ्य छ। कम उमेरमा विवाह, धेरै बच्चा जन्माउनु , सुत्केरी भएका बेला गह्रौँ सामान उठाउनु र पौष्टिक तत्त्वको कमी लगायत कारणले आङ खस्ने समस्या हुने बताइन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’