आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा गिरी
काठमाडौं : नेपाल आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा जंगराज गिरी विजयी भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारण सभाबाट प्रमुख प्रतिस्पर्धी विष्णु सिंखडालाई हराउँदै गिरी अध्यक्ष निर्वाचित भएका हुन्।
यसैगरी महिला उपाध्यक्षमा निर्मला खत्री विजयी भएकी छिन्। छविरमण अधिकारी र भवनाथ लम्साल सचिव पदमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा कृष्ण सुवेदी विजयी भएका छन्।
विनोद अधिकारी, डिल्लीप्रसाद घिमिरे, विदुर ढकाल, वेदव्यास सुवेदी र सुधा अधिकारी सदस्य पदमा निर्वाचित भएका छन्। सातै प्रदेशका प्रतिनिधि यसअघि नै निर्विरोध निर्वाचित भएको संघले जानकारी दिएको छ।
निर्वाचित पदाधिकारीहरूकाे कार्यकाल दुई वर्षकाे हुनेछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’