नखानुस् रेफ्रिजेरेटरमा राखेकाे खानेकुरा, निम्तिन्छन् यस्ता समस्या

गर्मी मौसममा धेरैको चाहना हुन्छ चिसो खानेकुरा। फ्रिजमा राखेको खानेकुरा खाने गर्छन्। धेरै गर्मी भएका बेलामा फ्रिजमा राखेको चिसो खानेकुरा खानाले तत्काल केही शीतल बनाए पनि स्वास्थ्यको हिसाबले भने राम्रो मानिँदैन।
टन्सिलकाे समस्या
धेरै चिसो पानी पिउँदा वा खानेकुरा खाँदा सबैभन्दा बढी असर घाँटीमा हुन्छ। धेरै चिसो पानी पिउनेलाई लामो समयसम्म टन्सिलले सताउँछ। लामो समयसम्म फ्रिजमा राखिएको चिसो खानेकुरा खानेलाई निमोनिया समेत हुने सम्भावना हुने गर्छ।
पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ। किनकि यसले रक्तसञ्चारमा असर गर्छ,जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।
मुटुको गतिमा असर
जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुन सक्छ।
शरीरको गडबडी
सामान्यतया शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।
तौल वृद्धि
खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ। यसकारण लामो समयसम्म फ्रिजमा राखिएका चिसा खानेकुरा खानु राम्रो मानिँदैन।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा