चिकित्सककाे आन्दाेलन : देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
काठमाडाैं : कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा बहिस्कार गरेको अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो।
संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ। माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी सरकारी चिकित्सकले दिएका छन्।
संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ। संघले बारा पर्साको हावाहुरी प्रभावित क्षेत्रमा भने सेवा पूर्ववत् रूपमा प्रदान गरेकाे जानकारी दिएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’