गाेदानकाे घाेषित आन्दोलनप्रति चिकित्सक संघकाे समर्थन
काठमाडौं : सरकारी चिकित्क संघ (गोदान) ले घोषणा गरेको आन्दोलनमा नेपाल चिकित्सक संघले समर्थन गरेको छ। सहमतिविपरीत समायोजन गरिएको भन्दै शुक्रबारदेखि आन्दोलन गर्ने गोदानको घोषणाप्रति चिकित्सक संघले समर्थनसहित आन्दोलनलाई सहयोग गर्ने बताएको हो।
बिहीबार विज्ञप्ति जारी गरी नेपाल सरकारले सरकारी चिकित्सकहरूको समायोजन सम्बन्धमा ध्यानाकर्षण गराएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन भट्टराईद्वारा जारी विज्ञप्तिमा सरकारी चिकित्सकहरूका मागप्रति सरकारले गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गरिएको छ।
‘सरकार मातहतका सम्पूर्ण चिकित्सकहरूले घोषणा गरेकोआन्दोलनमा नेपाल चिकित्सक संघ ऐक्यबद्धता जाहेर गर्दै नेपाल सरकारले सरकारी चिकित्सकका माग अविलम्ब सम्बोधन गर्न जोरदार माग गर्दछ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरूलाई राज्यले मानमर्दन गर्ने, बेवास्ता गर्ने कार्य दुर्भाग्यपूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण