विश्वको तापमान ‘निकै खतरनाक तहमा’
संयुक्त राष्ट्रसङ्घको मौसमसम्बन्धी निकाय डब्ल्यूएमओले हरितगृह ग्यासले विश्वको तापमान ‘निकै खतरनाक तहमा’ पुग्न लागेकाे बताएकाे छ। यो विवरण डब्ल्ल्यूएमको २५औँ वार्षिक प्रतिवेदन ‘स्टेट अफ द क्लाइमेट’मा प्रकाशित भएको छ।
भर्खरै प्रकाशित अन्तर्राष्ट्रिय ऊर्जा निकाय आईईएको अर्को प्रतिवेदनले सन् २०१८ मा कार्बन डाइअक्साइडको मात्रा बढेको देखाएको थियो।
सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व सर्वप्रथम सन् १९९३ मा डब्ल्यूएमओको प्रतिवेदन प्रकाशित हुँदा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३५७ पीपीएम थियो। अहिले बढेर यो मात्रा ४०५.५ पीपीएम पुगेको छ र थप बढ्ने अनुमान गरिएको छ।
कार्बन डाइअक्साइडको बढ्दो मात्राले तापमान वृद्धि भएको छ। सन् १८५० देखि १९०० को अवधिमा भएको तापक्रमभन्दा अहिलेको तापक्रम एक डिग्री सेन्टिग्रेडले बढी छ।
उक्त अध्ययनका अनुसार सन् २०१५ देखि २०१८ का वर्षा सर्वाधिक गर्मी भयो। अभिलेख राख्न थालेदेखि सन् २०१८ चौथौ सर्वाधिक गर्मी वर्ष हो। सन् २०१८ मा समुद्री सतह पनि पहिलाको विश्वव्यापी रूपमा औसत ३.७ मिलिमिटरले बढिरहेको छ।
बीबीसी नेपालीबाट





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण