Health TV Online
Health TV Online
Health TV Online

हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती आँखा शिविर

हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती आँखा शिविर

वीरगञ्ज : हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती आँखा शिविर सञ्चालन भएको छ। पहल संस्थाको समन्वय माट्रिका आई फाउण्डेसनले हावाहुरीले बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका १ भलुही भलवरिया र ४ पुरैनियामा आँखा जाँच शिविर सञ्चालन गरिएको हो।

शिविरमा हावाहुरीका कारण आँखामा समस्या देखिएका ३५ परिवारको आँखा जाँच गरिएको पहल संस्थाका अध्यक्ष दिलिपराज कार्कीले जानकारी दिए।

शिविरमा माट्रिका आई फाउन्डेशनका मेडिकल कोअर्डिनेटर डा. महेश सिंह धामी नेतृत्वको १५ सदस्यीय टोलीले आँखाको जाँच गरेका थिए।

विशेषगरी हावाहुरीका कारण स्थानीयको आँखामा चोटपटक लागेर रगत जमेको, आँखामा इन्फेक्सन देखिएको, आँखा दुख्ने चिलाउने समस्या देखिएको डा. धामीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार