Health TV Online
Health TV Online
Health TV Online

हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने

घाइते भएकाहरूको उपचार खर्च पनि व्यहोर्ने

हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने

काठमाडाैं : बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

सोमबार बिहान प्रदेश सरकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रूपमा  तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हाे।

हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।  उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ।

कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन्।  सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरू रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार