अधिकांश कैदी आँखाका रोगी
उदयपुर : जिल्ला कारागारमा रहेका अधिकांश कैदी आँखाका रोगी भएको पाइएको छ। नेपाल नेत्र ज्योति संघ उदयपुरले शनिबार कारागारमा सञ्चालन गरेको आँखा तथा कान शिविरमा अधिकांश कैदीबन्दी आँखा रोगी भएको पाइएको हो।
संघका अध्यक्ष भागवत राउतका अनुसार शिविरमा ८७ जनाको आँखा जाँच गरिएकोमा ६४ जनामा आँखाको समस्या भएको पाइएको हो। ‘४० देखि ६८ वर्ष समूहका कैदीबन्दीहरुमा आँखामा नजिक हेर्ने समस्या देखिएको उनले बताए।
परीक्षण गराइएकामध्ये दुई जना आँखाको र १३ जनाको कानको अप्रेसन गर्नुपर्ने बताइएकाे छ। शिविरमा उपचारसहित निःशुल्क औषधि र चस्मा वितरण गरिएको छ।
कारागारमा तीन बालबालीकासहित १६६ जना कैदीबन्दी छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण