रक्तदानसम्बन्धी भ्रम हटाउन साइकल यात्रा
दमाैली : पोखरा महानगरपालिका–८ न्युरोड का ४९ वर्षीय जितेन्द्रमान शाक्यले अहिलेसम्म ६५ पटक रक्तदान गरिसकेका छन्।
पोखरामा आयोजना हुने कार्यक्रममा रक्तदान गर्दै आएका शाक्यले रगत अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आएका छन्।
रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ। कसैलाई रगत अभाव भए पनि हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन्। त्यही भ्रम चिर्दै रक्तदानका लागि प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि १०० किलोमिटर साइकल यात्रा गर्दै आएका छन्।
शनिबार रेडियो अन्नपूर्णले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्के। रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको उनले बताए।
पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उहाँले साइकलमा करिब दुई घण्टाको अवधिमा पूरा गरे। त्यस्तै दमौलीदेखि पोखरासम्म फर्किँदा उनलाई तीन घण्टा १५ मिनेट लाग्यो।
नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहेका उनले बिरामीलाई रगतको व्यवस्था मिलाउने कामसमेत गर्दै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण