गाउँपालिकालाई एम्बुलेन्स
स्याङ्जा : एक दम्पतीले अर्जुनचौपारी गाउँपालिकालाई उपहारस्वरूप एम्बुलेन्स प्रदान गरेको छ। गाउँपालिकाकाे केवरेमा जन्मिएर हाल जापानमा व्यवसाय गर्ने सुकबहादुर केसी र हीरा केसीले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका हुन्।
भन्सार छुटमा बिमासहित एम्बुलेन्स गाउँपालिकासम्म ल्याइपुर्याउँदा झण्डै ११ लाख खर्च भएको बताइएको छ। उनीहरूले गाउँपालिकालाई प्रदान गरेको एम्बुलेन्स गाउँपालिकाको स्वामित्वमा राखेर सञ्चालन गरिने अध्यक्ष दीर्घनारायण अर्यालले जानकारी दिए।
एम्बुलेन्स मर्मत कोष स्थापना गरी रकम जम्मा गर्दै लगिने अर्यालले बताए। सवारी साधनमा अभावमा बिरामीलाई समयमै अस्पतालसम्म पुर्याउन कठिनाइ भएको देखेपछि एम्बुलेन्स सहयोग गरेको केसी दम्पतीको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण