क्लिनिकलाई साढे पाँच राेपनी जग्गादान
पाल्पा : हेक्लाङ शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि रामपुर नगरपालिका–१० गेझाका स्थानीयवासीले पाँच रोपनी १० आना जग्गादान गरेका छन्। मानव स्वास्थ्यका लागि हेक्लाङका तीन घरपरिवारले सो जग्गादान गरेका हुन्।
भोजराज खनालले चार लाख रूपैयाँ बराबरको दुई रोपनी जग्गा, सञ्जीत चापागाईँले चार लाख मूल्य बराबरको दुई रोपनी जग्गा र ऋषिमाया भण्डारीले तीन लाख दश हजार मूल्य बराबरको एक रोपनी १० आना जग्गा शहरी क्लिनिक भवन निर्माणका लागि दान गरेका हुन्।
मालपोत कार्यालय रामपुरमा रजिष्ट्रेसन पास गरी दान दिएको शहरी स्वास्थ्य क्लिनिक सञ्चालक समितिका सदस्य हरेराम भण्डारीले जानकारी दिए।
स्वास्थ्य संस्थाबाट टाढा पर्ने हेक्लाङमा स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन तीन वर्षअगाडि काब्रेघारी सामुदायिक भवनमा अस्थायीरूपमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन भइरहेको छ। अब जग्गा सहयोग मिलेपछि भवन निर्माणको प्रक्रिया अगाडि बढाइने शहरी स्वास्थ्य क्लिनिक प्रमुख जगन्नाथ भण्डारीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण