मेडिसिटी अस्पताललाई एनएबीएच मान्यता
काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले नेसनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएबीएच) मान्यता प्राप्त गरेको छ। यो मान्यता प्राप्त भएसँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको छ।
बुधबार साँझ आयोजित कार्यक्रममा समारोहमा एनएबीएचका कार्यकारी निर्देशक चिकित्सक हरिश नडकर्नीले अस्पतालका अध्यक्ष उपेन्द्र महतोलाई प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए।
हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भन्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको भन्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताए।
के हो एनएबीएच?
अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधारलगायत अन्तर्राष्ट्रियस्तरको मापदण्ड पुगेका अस्पताललाई एनएबीएचमा सूचीकृत गरिन्छ। नेपालको तर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बनेको हो।
भारतका ठूला १७ हजार अस्पतालमध्ये ५९२ अस्पतालले मात्र एनएबीएच प्राप्त गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’