डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण
डडेल्धुरा : मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ। केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ।
केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ। दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ।
बिरामीमध्ये बढी बालबालिका रहेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन्। ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालका डा. ललित सुरीले बताए।
दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढेकाे छ। जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन्।
जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्। डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ। स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्बरले बढेको जोगबुढा अस्पतालले जनाएको छ।
झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकाले जनाएको छ। मौसम बदलीका कारण पानी फोहाेर हुने कारण विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाइ छ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’