आँखा बैंकलाई एकैजनाकाे डेढ करोड
चितवन : नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन्।।
भरतपुर महानगरपालिका–१२ निवासी भीमराज पाठकले नानी प्रत्यारोपण तथा सङ्कलन सेवा केन्द्रका लागि सहयोगस्वरुप उक्त रकम प्रदान गरेका हुन्। उनले दिएको रकम अक्षयकोष स्थापना गरी केन्द्र सञ्चालनका लागि खर्च गरिने अस्पतालका अध्यक्ष कृष्णराज धरेलले बताए।
पाठकको अग्रसरतामा आंँखा बैंक एवं नानी सङ्कलन केन्द्र निर्माण गर्न लागिएकाले केन्द्रको नाम ‘भीमराज–उषामाया पाठक’ आंँखा बैंक नानी सङ्कलन केन्द्र राखिएको छ। उषामाया भीमराजकी श्रीमती हुन्।
पूर्वी चितवनको खुरखुरेमा रहेको एक बिघा जग्गा बिक्री गरी रकम दान गरेको उनले बताए। जीवनमा मरेर जाँदै गर्दा आफूले केही नलाने भए पनि आफूले दिएको दानका कारण धेरैले संसार देख्न पाउने भएकाले यस्तो पुण्यकाममा सहभागी भएको पाठककाे भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’