नियमित गर्भपरीक्षण गराउनेलाई सम्मान
डडेल्धुरा : नवदुर्गा गाउँपालिकाले नियमित गर्भपरीक्षण गर्ने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरेको छ। मणिलेक स्वास्थ्यचौकी नवदुर्गाले चार पटक नियमित रूपमा गर्भपरीक्षण गराउने ७० महिलालाई सम्मान गरेको हो।
गत साउनदेखि हालसम्म नियमित रूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भपरीक्षण गराउनुका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको स्वास्थ्यचौकी इञ्चार्ज रमेश तिवारीले जानकारी दिए।
गर्भवतीको सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले नवदुर्गा–२ मा रहेको मणिलेक स्वास्थ्यचौकीको सेवाक्षेत्र भित्रका महिलालाई सम्मान गरिएको हो। गर्भवती महिलालाई नियमित गर्भपरीक्षण गराउन प्रेरित गर्ने र सरसफाइमा ध्यान पुर्याउन गाउँपालिकाले नियमित गर्भपरीक्षण गराउने महिलालाई सरसफाइ सामग्री वितरण गरेको हो।
गर्भ रहेको सामान्यतयाः चार महिनादेखि नौ महीनासम्म गर्भ परीक्षण र संस्थागत सुत्केरी गराएका गर्भवतीलाई स्वास्थ्य संस्थाबाट सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए।
गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामै आएर परीक्षण गराउने बानीको विकास गर्न उक्त कार्यक्रम गरिएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण