कांग्रेसका नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार घर फर्किएकाे उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए। ह्याम्सले पनि सिटाैला पाँचदिनकाे अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरी फर्किएकाे जानकारी दिएकाे छ।
शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए। शुरूमा मेट्राे काठमाडाैं अस्पताल लगिए पनि आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई ह्याम्स अस्पताल लगिएकाे थियाे।
सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आईसीयूमा राखेर उपचार गरिएको थियो। रगतको मात्रा बढाउन उनलाई शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण