Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क घिउ

सुत्केरीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क घिउ

कञ्चनपुर : लालझाडी गाउँपालिकामा आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यचौकीबाट निःशुल्क घिउ लगायत सामग्री उपलब्ध गराउन व्यवस्था गरिएको छ।

स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको ‘बर्थिङ सेन्टर’मा सुत्केरी हुन आउने आमालाई विशेष सुत्केरी कार्यक्रमअन्तर्गत घिउसँगै नेलकटर, तौलिया, टुथब्रस, टुथपेस्ट र न्यानो झोला उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सुत्केरी हुन आउने आमाहरूलाई सामग्री वितरणसँगै प्रयोग गर्ने तरिकासमेत सिकाउने  गरिएको छ। व्यवहार परिवर्तन गर्न र आमा र शिशुलाई स्वस्थ राख्न सामग्री निःशुल्क उपलब्ध गराई प्रयोग गर्न सिकाउने व्यवस्था समेत गरेकाे स्वास्थ्यचौकी प्रमुख श्यामनारायण गुप्ताले बताए।

गाउँपालिकामा रहेका लालझाडी स्वास्थ्यचौकी, नौरङ्गा स्वास्थ्यचौकी र देखतभूली स्वास्थ्यचौकीमा कार्यक्रम लागू गरिएको छ। जिल्लामै पहिलो पटक लागू गरिएको कार्यक्रमका माध्यमबाट मातृ र शिशु मृत्यु दरमा कमी ल्याउन मद्दत पुग्ने बताइएको छ। स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा असार मसान्तदेखि हालसम्म ५६ महिला सुत्केरी भएका छन् ।

गत वर्षको यसै अवधिमा स्वास्थ्यचौकीमा ६० महिला सुत्केरी भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार