Health TV Online
Health TV Online
Health TV Online

भारतमा २१ लाख ५० हजारलाई क्षयरोग

भारतमा २१ लाख ५० हजारलाई  क्षयरोग

भारतमा सन् २०१८ मा २१ लाख ५० हजार नागरिक क्षय रोगबाट प्रभावित बनेको तथ्याङ्क सार्वजनिक भएको छ।

स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयको तथ्यांकअनुसार भारतमा सन् २०१८ मा मात्र २१ लाख ५० हजार नागरिकमा क्षयरोगको संक्रमण भएको हो।

मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरी पहिलेको तुलनामा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि जनाएको छ।

यसअघि भारतमा कति क्षयरोगी छन् भन्ने स्पष्ट तथ्याङ्क नभए पनि अघिल्लो वर्षको तुलनामा भारतमा सन् २०१८ मा क्षयरोगको उपचारमा सफलता दरमा वृद्धि भएको बताइएको छ। अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्र रहेकोमा सन् २०१८ मा भने ८३ प्रतिशतले वृद्धि भएको छ ।

सरकारी प्रयास र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको मन्त्रालयको दाबी छ।

थप समाचार