याेग र ध्यानबाट हुन्छन् यी फाइदा

मानसिक स्वास्थ्य राम्रो हुन्छ
ध्यान र योगाले स्मरणशक्ति तीक्ष्ण हुन्छ। तपाईँ सही किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ।
तनाव कम हुन्छ
योग र ध्यानको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ। सही ढंगले योग र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ। यो एक यस्तो ‘एन्टिडिप्रिसेन्ट’ हो जसले फाइदा नै फाइदा गर्छ।
खानपानमा सुधार
नियमित योग गर्ने बानीले हाम्रो रुचि स्वस्थ खानातर्फ बढ्न थाल्छ। आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ।
शरीरको लचकता बढ्छ
बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौा रोगबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाइ शुरु हुन्छन्।
दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन काम गर्ने उत्साह र जाँगर पनि बढ्छ।
क्यान्सरको जोखिम कम हुन्छ
मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन्। ध्यान गर्ने मानिसहरूमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ। इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा