Health TV Online
Health TV Online
Health TV Online

बिरामीले रोग लुकाउने कारण क्षयरोग न्यूनीकरणमा समस्या

बिरामीले रोग लुकाउने कारण क्षयरोग न्यूनीकरणमा समस्या

तनहुँ : क्षयरोग लागेका बिरामीले रोग लुकाउने कारण समस्या समाधान गर्न नसक्दा रोग न्यूनीकरणका लागि समस्या हुने गरेको पाइएको छ। गरिबीका साथै रोगसम्बन्धी सचेतना नहुँदा क्षयरोगका बिरामी बढेकाे छ।

करिब २० प्रतिशत क्षयरोगका बिरामी उपचारका लागि नआउँदा न्यूनीकरणमा समस्या भएको स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले बताए।

जिल्लामा १९० जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। व्यापक गरिबी र अशिक्षाले व्याप्त समाज भएकाले क्षयरोगबाट संक्रमितमध्ये ६० प्रतिशत वयस्क जनशक्ति रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिए। बाराकोटीका अनुसार नेपालमा प्रत्येक दिन एक सय २० जना नयाँ बिरामी हुन्छन्।

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जिल्लामा रहेको छ वटा गाउँपालिका र चार वटा नगरपालिका गरी १० वटै स्थानीय तहसँग समन्वय गरी लुकेका क्षयरोगी पत्ता लगाउने र रोगबारे जनचेतनामुलकअभियान जरुरी रहेको बताए।

नगरपालिकाले क्षयरोगसम्बन्धी मात्रै काम गर्ने गरी एक जना कर्मचारीको व्यवस्था गर्नको लागि माग गरिएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार