Health TV Online
Health TV Online
Health TV Online

अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल

अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल

नेपालको संविधानले अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको शरीर, यौनिकता, र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने र सहज तरिकाले गुणस्तरीय सेवा लिन पाउने अधिकार सुनिश्चित गरेको छ। तर कानुनी सुरक्षा भए पनि व्यवहारमा अवस्था भने फरक पाइन्छ। अपांगता भएका महिलाहरूले प्रजनन स्वास्थ्य सेवा लिन धेरै नै अवरोधहरूको सामना गर्नुपर्छ, जसका कारण उनीहरूको स्वास्थ्य अधिकार व्यवहारिक रूपमा कमजोर बनेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको कुल जनसंख्याको २ दशमलब २ प्रतिशत अपांगता भएका व्यक्ति छन्। तिमध्ये ४५ दशमलब ८ प्रतिशत महिला छन्। अपांगता भएका र नभएका व्यक्तिहरूको प्रजनन स्वास्थ्य आवश्यकतामा कुनै भिन्नता छैन, तर अपांगता भएका महिलाहरूको लागि यी सेवामा पहुँच प्राप्त गर्न कठिनाइ र अवरोध कति हो कति ।

‘सामान्य स्वास्थ्य सेवा लिन त यस्तो गाह्रो छ याैन तथा प्रजनन स्वास्थ्यको त कुरै छोड्नुस । आफू गर्भवती हुँदा यस्तो ह्विलचेअरमा बस्ने मानिसले नि किन बच्चा पाउन परेको भनेर स्वास्थ्यकर्मीले नै हपारेको सुनाइन । उनी भन्छिन, हामी अपांगता भएका महिलाका लागि नत अपांगमैत्री अस्पताल छन् नत राम्रो व्यवहार नै ।’

गत सोमबार शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गर्न आएकी अर्घाखाँचीकी चन्द्र कुमारी खत्री निकै तनावमा देखिन्थिन । ह्विलचेअरमा रहेकी उनी आफूलाई बारम्बार पेट दुख्ने समस्या भएपछि जाँचका लागि आएकी थिइन । उनलाई घरी यो ठाउँमा जाँचका लागि त कहिले अर्को ठाउँमा पठाउँदा निकै झण्झट लागिरहेको थियो । त्यही बेला हामीले उनलाई प्रश्न गर्यौं तपाइँलाई ह्विल चेअरमा आएर स्वास्थ्य सेवा लिन कतिको गाह्रो छ ? उनले एकै स्वरमा भनिन, ओहो कुरै नगर्नुस, कति हो कति गाह्रो । कहिले यता जाउ भन्छन् कहिले उता जाउ भन्छन, सबै ठाउँ ह्विलचेअरमैत्री छैनन। एक जना सहयोगी नभए त हामी अस्पताल नआए पनि हुन्छ । उनलाई हामीले प्रजनन स्वास्थ्य सेवा कसरी लिनुहुन्छ नि भनेर सोध्दा एकछिन अलमलिएर भनिन, ‘सामान्य स्वास्थ्य सेवा लिन त यस्तो गाह्रो छ प्रजनन स्वास्थ्यको त कुरै छोड्नुस । आफू गर्भवती हुँदा यस्तो ह्विलचेअर मा बस्ने मानिसले नि किन बच्चा पाउन परेको भनेर स्वास्थ्यकर्मीले नै हपारेको सुनाइन । उनी भन्छिन, हामी अपांगता भएका महिलाका लागि नत अपांगमैत्री अस्पताल छन् नत राम्रो व्यवहार नै ।’

उनी त प्रतिनिधी उदाहरण मात्र हुन् उनी जस्ता अधिकांश महिलालाई स्वास्थ्य सेवा त्यसमा पनि यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन निकै मुश्किल छ भन्छिन, नेपाल अपांग महिला संघकी पूर्व अध्यक्ष टिका दाहाल । नेपालको कानूनले जतिसुकै अधिकार सुनिश्तित गरेको भए पनि व्यवहारमा निकै कठिनाई भएको उनको भनाई छ । नत नीति निर्माताले अपांगमैत्री संरचनाको कल्पना गर्छन नत उनीहरुको यो अधिकारको पाटो हो भन्ने सोच्छन । अपांगता भएका महिलाको यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दा अर्कै नजरले हेर्ने गरेको उनकाे भनाई छ । धेरैलाई लाग्छ अपांगता भएपछि विवाह, यौन, प्रजनन जस्ता कुराको आवश्कता नै पर्दैन । तर यो उनीहरुको मानवअधिकार हो । हरेक व्यक्तिले आफूले चाहेको सेवा लिन पाउनुपर्छ चाहे त्यो अपांग होस वा नहाेस उनले थपिन । सहज वातावरणको अभावमा आधारभूत मानवअधिकार समेतबाट पनि अपांगता भएका महिला वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका महिलाको यौन तथा प्रजनन स्वास्थ्य महत्त्वपूर्ण सवाल हो । तर धेरैले यसलाई वेवास्ता गर्ने गरेको पाइन्छ ।

अपांगमैत्री संरचना नहुँदा अपांगता भएका महिलालाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी पाउन, डाक्टरको सल्लाह सुझाव लिन वा गर्भवती अवस्थामा नियमित जाँच गराउन समेत अवरोध हुँदै आएको छ । अर्को कुरा कुनै अस्पताल अपांगमैत्री भए पनि त्यहाँसम्म पुग्न अपांगमैत्री यातायात नहुँदा गाडीमा चढ्न र ओर्लिनै समस्याका कारण पनि अस्पतालसम्म जान नसक्नेको संख्या पनि धेरै भएको बताउँछिन दाहाल ।

She & Media Rights Media Initiative मा बोल्दै अपांगता भएका महिलाका हक अधिकारमा काम गर्दै आएकी आबिया अक्रमले भनिन, ‘अपांगता भएका महिलाहरु अन्यको तुलनामा महिला हिंसा र यौन हिंसामा बढी पर्ने गरेको पाइएको छ । तर जब रिपोर्ट गर्ने कुरा आउँछ धेरै जना रिपोर्ट गर्न जानसम्म सक्दैनन् । कारण उनीहरु पुलिससम्म जानलाई सहज वातावरण नै छैन् । त्यहाँसम्म पुग्न नै उनीहरुलाई धेरै अवरोध आइलाग्छ । त्यसैले सबैले यो कुरालाई सिरियस रुपमा लिनैपर्छ ।’ उनले साउथ एशियामा समस्या अझ बढी भएको बताइन् ।

त्यसो त सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन को परिच्छेद ८ को दफा २८ मा परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरिक्षत मातृत्व, सुरक्षित गर्भपतन सेवा अपांगतामैत्री हुनुपर्नेछ भन्ने उल्लेख छ । यसैगरी यसकै दफा २९ मा कसैको पनि शारीरिक वा स्वास्थ्य अवस्था, फरक लैंगिक पहिचान, गर्भावस्था, जातजातीकै आधारमा, प्रजनन स्वास्थ्य, गर्भपतन सेवा, परिवार नियोजन जस्ता सेवा लिन पाउने अधिकारमाथि भेदभाव गर्न पाइने छैन् उल्लेख छ । तर यी सबै अधिकार व्यवहारमा भने देखिंदैन ।

अपांगता भएका महिलाहरुको सशक्तीकरणको लागि काम गर्ने संस्था प्रयत्न नेपालकी संस्थापक अध्यक्ष सरिता लामिछाने भन्छिन, अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि सोचे जस्तो परिवर्तन आउन सकेको छैन् । उनीहरुलाई सुरुमै आफै असक्षम घोषणा गर्दै अपांगता भएका व्यक्तिलाई कठै विचरा केही गर्न सक्दैनन भनेर विचराको पात्रको रुपमा मात्र हेरेको पाइन्छ । यसैगरी कुनै पनि व्यक्ति यदि कुनै प्रकारको अपांगता लिएर जन्मियो भने अब उसको जीवन यत्ति नै हो भन्ने गरेको पाइन्छ । साथै उनीहरुको अन्य सेवा, सुविधा, इच्छा, चाहनाकाबारेमा खासै ख्याल गरेको पाइँदैन् त्यसमा यौन तथा प्रजनन सेवा नि पर्छ । यद्यपी अपांगता भएका व्यक्तिको अधिकारको लागि देशमा विभिन्न कानून, ऐन पनि विद्यमान छन् ।

संविधानले अधिकार सुनिश्चित गरेर मात्र पुग्दैन अपांगता भएका महिलाहरुकाे स्वास्थ्य सेवामा पहुँच सहज बनाउन जरूरी छ ।

 

 

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?