क्षयरोग अन्त्यका लागि प्राथमिकता र प्रतिवद्धता

हरेक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोगको किटाणु ब्याक्टेरिया माइकोब्याक्टेरियम ट्युबरकुलोसिस पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४ मा सम्झना स्वरुप यो दिन दिवस मनाउन सुरु गरिएको हो । यो दिन विश्वभर नै विभिन्न सचेतनामुूलक कार्यक्रमहरु गर्दै मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।
यसपटकको क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छाैं। लगानीको प्रतिवद्दता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ (Yes ! We can end TB: Commit, Invest, Deliver) रहेको छ । यस वर्षको नाराले क्षयरोगविरुद्ध लड्न अब यसको प्राथमिकता र लगानीमा अझ बढी प्रतिवद्धता आवश्यक रहेको झल्काएको छ ।
नेपालमा बागमती, लुम्बिनी र मधेश प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी (६८ प्रतिशत) रहेको तथ्यांक छ । वास्तवमा क्षयरोग रोकथाम र उपचार गर्न सकिने र निको पनि बनाउन सकिने रोग हो । बजारमा औषधि उपलब्ध हुँदाहुँदै निको हुने रोगबाट समेत नेपालमा वर्षेनी १६ हजार बिरामीको मृत्यु हुनु निकै दुखद कुरा हो ।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारण लाग्ने सरूवा रोग हो। उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने स साना कणबाट अन्य व्यक्तिमा सजिलै सर्ने हुन्छ । यदि कसैको आफनो शरीरको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ । क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर धेरै जसो फोक्सोको क्षयरोग देखिन्छ । ७० देखी ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । वर्षौदेखि समाजमा रहेको यो रोग अहिले पनि प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । विश्वमा क्षयरोगको अवस्था हेर्दा मानव मृत्युको प्रमुख १० कारकभित्र क्षयरोग पनि पर्दछ। नेपालमा पनि दश प्रमुख मृत्युको कारणमध्ये क्षयरोग रहेको छ ।
क्षयरोग अन्त्य गर्न गर्न सरकारले प्रयास गरेको देखिए पनि झण्डै आधा बिरामी उपचारबाहिर रहेका छन्। यो नै सबैभन्दा ठूलो चुनौती रहेको बताउँछन् राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारी । उनी भन्छन्, ‘उपचारको सफलता अन्य देशको तुलनामा राम्रो भएपनि ठूलो संख्यामा बिरामी उपचारको दायरामा नआइदिंदा समस्या भएको छ । नेपालमा क्षयरोग मुक्त नेपाल ‘टीबी फ्रि नेपाल इनिसियटिभ’ अभियान सञ्चालन भइरहेको छ । जस अन्तर्गत क्षयरोगको समूदायमै गएर नि:शुल्क निदान गर्नेदेखि उपचारमा ल्याउनेसम्मका नि:शुल्क कार्यक्रमहरु छन्। तर पनि बिरामी उपचार बाहिर छन्। यो नै चुनौती हो ।’
ग्लोबल टीबी रिपोर्ट २०२४ का अनुसार नेपालमा ६८ हजार क्षयरोगी छन्। तर राष्ट्रिय क्षयरोग कार्यक्रममा समेटिएका बिरामीको संख्या भने जम्मा ४० हजार ७७६ मात्रै रहेको छ । ती उपचारको पहुँचमा नपुगेका २७ हजार २२४ जना (४० प्रतिशत) लाई उपचारमा ल्याउन नसक्नु नै अहिलेको मुख्य चुनौती बनेको छ । यो भयावह अवस्थालाई रोक्न, नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न अझ बढी प्रयास गर्नपर्ने देखिन्छ ।
नेपालमा बागमती, लुम्बिनी र मधेश प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी (६८ प्रतिशत) रहेको तथ्यांक छ । वास्तवमा क्षयरोग रोकथाम र उपचार गर्न सकिने र निको पनि बनाउन सकिने रोग हो । बजारमा औषधि उपलब्ध हुँदाहुँदै निको हुने रोगबाट समेत नेपालमा वर्षेनी १६ हजार बिरामीको मृत्यु हुनु निकै दुखद कुरा हो । नेपालमा सरकारले क्षयरोगीलाई ६ हजार बढी स्वास्थ्य संस्थाबाट निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर पनि बिरामी सहज पहुँचमा छैनन। याे गम्भीर विषय हाे ।
क्षयरोगका लक्षणहरु :
-दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहने
-खान मन नलाग्ने
-राती राती पसिना आउने
-खकारमा रगत देखा पर्ने
-साँझ परेपछि ज्वरो आउने
-दुब्लाउँदै जाने
-छाती दुख्नु र सास फेर्न गाह्रो हुने
यी फोक्सो क्षयरोगको लक्षण हुन्। अन्य अंगका क्षयरोगको हकमा कुन अंगमा हो त्यस अनुसार लक्षण फरक हुन्छ ।
सरकारले क्षयरोगको नि:शुल्क निदान र उपचार गर्दा पनि यति ठूलो संख्यामा बिरामी उपचारमा किन आउन सकिरहेका छैनन् ? त्यसतर्फ पनि सोच्ने बेला भएको छ । अझैपनि क्षयरोग लागेको भनेर बिरामीले समाजमा किन खुलेर भन्न सक्ने वातावरण भएको छैन् । त्यो स्टिग्मालाई कसरी तोड्ने यसमा पनि सोच्ने बेला भएको छ । समाजमा क्षयरोगीलाई गर्ने व्यवहारकोबारेमा सोच्ने बेला भएको छ । पहुँच नै नभएका तर क्षयरोगका उच्च जोखिममा रहेका ती बस्तीहरुका बारेमा सोच्ने बेला भएको छ । उपचारमा आउन चाहेका तर नसकेका र लुकेर बसेका बिरामी किन बाहिर आउन सकिरहेका छैनन्। खोज्ने बेला भएको छ । यसका लागि सबैको साझा प्रयास र दृढ संकल्पको आवश्यकता देखिन्छ । यी तमाम कुरालाई मनन गर्दै क्षयरोगको अन्त्यका लागि लगानीमा प्रतिवद्धता गर्न सके नेपालले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न गरेको प्रतिवद्धता पूरा हुन्छ की ?
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज
कस्ता छन् असुरोका औषधीय गुण ? जानी राखौं
म्याचिङ प्रक्रियालाई रोकी पूर्वनिर्धारित सिट अनुसारको सूचना निकाल्न चिकित्सक संघको माग
राजावादीको आन्दोलनमा घाईते भएका १३ जना अझै पनि उपचारमा
नवजात शिशु तथा गर्भवती महिलाको पोषण सुधारमा महत्वपूर्ण उपलब्धी भएको छ : स्वास्थ्य मन्त्री पौडेल