नेपालमा पहिलो पटक: जिइआरडी र इसोफेजियल इम्पेडेन्स पिएच मनिटरिङ सेवा

डा विवेक कुमार पुर्वे
नेपालमा पाचनसम्बन्धी रोगहरूको निदान र उपचारमा प्रविधिको प्रयोग गर्दै नयाँ क्रान्ति आइरहेको छ। हालै ह्याम्स अस्पतालमा पहिलो पटक इसोफेजियल इम्पेडेन्स पीएच मनिटरिङ Esophageal Impendance pH Monitoring परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। यो महत्वपूर्ण परीक्षण ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिज GERD को सटीक निदान गर्न गरिन्छ । जसलाई नेपालमा ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा विवेक कुमार पुर्बे को नेतृत्वमा सम्पन्न गरिएको हो।GERD एक गम्भीर पाचनसम्बन्धी समस्या हो जसले लाखौँ मानिसहरूलाई असर गरिरहेको छ। सही समयमा निदान र उपचार नगरेमा यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ। यसै सन्दर्भमा, नेपालमा पहिलो पटक HAMS अस्पतालमा गरिएको इसोफेजियल इम्पेडेन्स pH मनिटरिङ परीक्षणले GERD सम्बन्धी उपचारमा नयाँ उपलब्धि हासिल गरेको छ।
GERD के हो ?
ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिज GERD भनेको यस्तो अवस्था हो, जसमा पेटको एसिड वा अन्य पाचक रसहरू बारम्बार इसोफागस (घाँटीको नली) मा फर्केर आउँछन्। सामान्यतया, इसोफागस र पेटको बीचमा तल्लो इसोफेजियल स्पिङ्क्टर LES नामक भल्भ जस्तो संरचना हुन्छ, जसले पेटको एसिडलाई माथि आउन दिँदैन। जब यो स्पिङ्क्टर कमजोर हुन्छ वा राम्ररी काम गर्दैन, तब पेटको एसिड इसोफागसमा जान्छ, जसले जलन, ढकार, छाती पोल्ने, गला दुख्ने, सुख्खा खोकी, तथा निल्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ।
GERD सामान्यतया अस्वस्थकर खानपान, धूम्रपान, मद्यपान, मोटोपन, तनाव, र केही औषधिहरूको कारणले हुन्छ। यो रोग यदि दीर्घकालसम्म रह्यो भने, इसोफागसमा घाउ, रक्तस्राव, वा इसोफाजियल क्यान्सरको जोखिम बढ्न सक्छ। त्यसैले यसको सही समयमा निदान गरेर उपचार गर्नु अत्यन्तै आवश्यक छ।
GERD का प्रमुख लक्षणहरू
– लगातार छाती पोल्ने
– अम्लीय वा तितो पानी मुखमा आउनु
– डकार आउने, पेट फुल्ने र असहज महसुस हुने
– घाँटी सुख्खा हुने वा दुख्ने
– खानेकुरा निल्न गाह्रो हुने
– लामो समयसम्म सुख्खा खोकी लाग्ने
– रातिको समयमा सुत्दा समस्या हुनु
GERD का लक्षणहरू अरू पेटसम्बन्धी रोगहरूसँग मिल्न सक्ने भएकाले यसको सही निदान गर्न आधुनिक प्रविधिको आवश्यकता पर्छ। नेपालमा पहिलो पटक HAMS अस्पतालमा उपलब्ध भएको इसोफेजियल इम्पेडेन्स उज् मनिटरिङ परीक्षणले pH को निदानमा ठूलो सहयोग पुर्याउनेछ।
इसोफेजियल इम्पेडेन्स pH मनिटरिङ के हो र?
इसोफेजियल इम्पेडेन्स pH मनिटरिङ भनेको एक विशेष प्रविधि हो, जसले इसोफागस भित्र एसिड र गैर-एसिड पदार्थहरूको गति मापन गर्छ। यो परीक्षण GERD को सही निदान गर्न मद्दत गर्छ, किनकि अन्य परीक्षणहरू जस्तै एन्डोस्कोपीले केवल घाउ वा संरचनागत समस्या देखाउँछ, तर एसिड रिफ्लक्सको वास्तविक गतिविधि मापन गर्न सक्दैन। यस परीक्षणमा एक पातलो, लचिलो तार Catheter बिरामीको नाक वा मुख हुँदै इसोफागसमा राखिन्छ। यो उपकरणले २४ घण्टासम्म इसोफागसमा भएको एसिडको मात्रा तथा रिफ्लक्सको आवृत्ति मापन गर्छ। यस परीक्षणको मद्दतले चिकित्सकहरूले GERD को गम्भीरता, रिफ्लक्सको प्रकार (एसिडिक वा ननएसिडिक) र औषधि वा अन्य उपचारहरू कत्तिको प्रभावकारी छन् भन्ने कुरा निर्धारण गर्न सक्छन्।
नेपालमा पहिलो पटक HAMS अस्पतालमा गरिएको परीक्षणको महत्त्व
नेपालमा पहिलो पटक HAMS अस्पतालमा गरिएको इसोफेजियल इम्पेडेन्स pH मनिटरिङ परीक्षणले GERD को निदानमा नयाँ युगको सुरुवात गरेको छ। अब बिरामीहरूले आफ्नो स्वास्थ्य समस्या बुझ्नका लागि अत्याधुनिक प्रविधिको सहारा लिन सक्नेछन्। परम्परागत एन्डोस्कोपी वा उज् परीक्षणहरूले GERD निदानमा पूर्ण विश्वसनीयता दिन सक्दैन, तर इसोफेजियल इम्पेडेन्स pH मनिटरिङले एसिड र गैर एसिड दुवै प्रकारका रिफ्लक्सको अध्ययन गरेर चिकित्सकलाई थप सटीक जानकारी प्रदान गर्छ। नेपालमा यो परीक्षण सुरु भएपछिGERD को निदान र उपचारमा महत्वपूर्ण परिवर्तन आउनेछ। अब बिरामीहरूले विदेश नजाँदा पनि नेपालमै अत्याधुनिक प्रविधिको प्रयोग गरेर आफ्नो रोगको निदान गर्न सक्नेछन्।
डा विवेक ह्याम्स अस्पतालमा ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा कार्यरत छन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै