बच्चालाई जंकफुड हैन् घरकै खाजा खुवाउने बानी पार्नुपर्छ (भिडियोसहित)
हेल्थ टिभी अनलाइन : आजभोलि अधिकांश घरमा आफना बालबालिकालाई स्कूलको खाजाको रुपमा चाउचाउ, बिस्कुट, केकजस्ता जंकफुडहरु पठाउने गरेको पाइन्छ । छोराछोरीले घरको खाना खान मानेनन वा रुचाएनन भनेर पठाइने यस्ता खाजाले बालबाबालिकाको स्वास्थ्य बिगारिरहेको छ भन्ने कुरा अभिभावकले हेक्का राखेको पाइँदैन्। यो समस्या गाउँदेखि शहरसम्म छ । चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका यस्ता प्याकेटरमा राखिएका खानेकुरा कति अस्वस्थकर छन् भन्ने हेक्का खासै राखेको पाइँदैन ।
एकछिनको सजिलोको लागि बिर्सेको जस्तो लाग्छ । यस्ता खानेकुरा अस्वस्थकर हुन्छन भन्ने कुरा अभिभावकले आफना बालबालिकालाई जानकारी दिएर उनीहरुलाई स्वस्थकर घरमै बनाएका खानेकुरा खानमा आर्कर्षित गरेर आफना छोराछोरीको स्वास्थ्यप्रति अभिभावक सचेत बन्नैपर्छ ।
फास्टफुड सिधै बजारमा ल्याएर खान सकिने र बनाउन झन्झट नहुने कारणले पनि यी खाना खान र खुवाउन प्रेरित गरेको पाइन्छ । यस्ता खानामा राखिएको मैदा स्वास्थ्यको लागि मन्द विष हो हा भने अझ चाउचाउमा राखिएको तेल र मसलामा पनि गुणस्तरको ग्यारेन्टी हुँदैन । जसले सेवकर्ताको स्वास्थ्यमा सिधै असर गर्छ । यसमा पोषक तत्व नहुने भएकाले बालबालिकाको वृद्धिविकासमै असर गर्छ । पेट भरिए पनि शरीरलाई चाहिने पोषक तत्वको कमीले बालबालिकामा अनेकौं समस्या आउन सक्छन्। सानोमा जंकफुड खाने बानी पछि गएर छुट्न गाहो हुन्छ । त्यसैले यो बानी सानै देखि लाग्न दिन हुँदैन । यस्ता खानाले उमेर नपुग्दै अनेक थरीका रोग लाग्छ ।
त्यसैले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने खानेकुराको महत्व सिकाउनुपर्छ। र यी खानेकुरा कति स्वास्थ्यवर्धक छन् भन्ने जानकारी दिनुपर्छ र त्यसमै बानी लगाउन सक्नुपर्छ । जंकफुडको असर तत्काल खाने बित्तिकै नदेखिए पनि यसले भविश्यमा स्वास्थ्यमा नराम्रो असर गर्छ ।
यस्ता जंकफुडमा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ। जसले गर्दा बालबालिकामा कलिलै उमेरमा मोटोपन बढ्छ। अनि उमेर नै नपुग्दै मधुमेह, हड्डी कमजोर हुने। दाँत कमजोर हुने, जस्ता समस्या देखिन थाल्छ । त्यसैले बालबालिकालाई घरमै बनाइने दाल भात तरकारी, रोटी खुवाउन तर्फ जोड गर्नुपर्छ। यसैगरी खाजाका रुपमा हलुवा, रोटी, उसिनेको आलु, खिर, खिचडी, च्यूरा, चना, अण्डा दिन सकिन्छ जुन खाजा पोषकतत्वले भरिपूर्ण हुन्छन्।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने