Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘नेपालमा केही वर्षयता क्यान्सरसम्बन्धी सचेतना बढेको छ’

‘नेपालमा केही वर्षयता क्यान्सरसम्बन्धी सचेतना बढेको छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले गत साता आफनो ५ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्दा र अहिलेकाे क्यान्सर उपचार र बिरामीको अवस्थाकोबारेमा अस्पतालका मेडिकल डाइरेक्टर डा विजेश राज घिमिरेसँग गरिएको कुराकानी उनकै शब्दमा :

नेपालमा पछिल्लो केही वर्षयता क्यान्सर रोगकाबारेमा सचेतना बढेको पाइन्छ । सचेतनासँगै क्यान्सर उपचारको पहुँचमा पनि वृद्धि भएको छ । हामीले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सुरु गर्दा लगभग साढे ७ वर्ष अघि र अहिले बिरामीको क्यान्सरसम्बन्धी सचेतनाको लेबल बढेको पाइन्छ । हामीले यी वर्षहरुमा क्यान्सरको उपचार सुरुमै गरेमा निको हुन्छ भन्ने कुरा बुझाउन सक्यौं जस्तो लाग्छ । त्यसैले होला अहिले हाम्रो अस्पतालमा बिरामीको संख्या बढी भएर बेड पाउनै मुश्किल हुन थालेको छ । जनचेतना बढेसँगै उपचार गराउने बिरामीको संख्या बढेको हो । तर अझै पनि उपचारको पहुँच नपुगेका बिरामी भने हजारौं छन् ।

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने नाराका साथ हामीले सुरु गरेको नेपाल क्यान्सर अस्पतालमा सुरु सुरुमा बिरामी पाउनै मुश्किल थियो भने अहिले बिरामी एकपटक त यहीको अस्पतालमा जानुपर्छ भनेर आएको देख्दा खुशी लाग्छ । अझ योवीचमा कयौं भारतमा उपचार गराइरहेका बिरामी उताबाट रिफर मागेर नेपालमै उपचार गर्छु भनेर पनि आउन थालेका छन्। हामीले यत्ति विश्वास चाहिं कमायौं भन्ने लाग्छ । भारत वा अन्य देशमा गएर आएर धेरै खर्च भइसकेपछि अन्तिम अवस्थामा हामीमाथि नै भरोसा गरेर उपचार गर्न आउनेहरु पनि धेरै छन् । विदेश जानुको साटो स्वदेशमै अन्तराष्ट्रिय स्तरको उपचार हुन्छ भन्ने विश्वास दिलाउन हामी तल्लीन छौं । त्यसका लागि हामीसँग डेडिकेटेट विशेषज्ञ टिम नै छ ।

पछिल्ला वर्षहरुमा अथक प्रयासपछि क्यान्सरको सचेतना त बढेको छ तर यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी भने खासै बढेको देखिंदैन्। मानिसहरुको जीवनशैली परिवर्तन भएको छैन्। सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा कमी आएको छैन् । घर घरमा गाउँ गाउँसम्म बाटोघाटो पुगेको छ त्यसैले दुई पाइला हिंड्नै परेन । मानिसहरु अल्छी भएका छन्। शारीरिक व्यायाममा खासै ध्यान गएको देखिंदैन्। लेट नाइट पाटी गर्ने युवाहरूकाे संख्या बढ्दो छ । यसले समयमै सुत्ने र समयमै उठ्ने बानी हटेको छ । तरकारी फलफूलमा विषादी त्यत्तिकै छ ।

त्यसैले क्यान्सर लागेपछि तुरुन्त उपचार गर्नुपर्छ र उपचार गरेमा निको हुन्छ भन्ने कुरा बुझे पनि यसबाट बच्नका लागि केके गर्नपर्छ भन्ने कुरा थाहा पाएर पनि पालना गरेको देखिंदैन्। त्यसैले चेतना बढे पनि अस्पतालहरुमा क्यान्सरका बिरामीहरुको संख्या भने बढेको बढ्यै छ ।

सरकारले पनि क्यान्सर रोग लागेपछि उपचारवापत भन्दै एक लाख बराबर खर्च दिने गरेको छ । यो रकमले धेरै बिरामीलाई राहत त भएको छ तर सरकारले रोग लागेपछि पैसा बाँड्ने भन्दा पनि रोग लाग्नै नदिन रोकथामका कार्यक्रम ल्याउन जरुरी हुन्छ । यसतर्फ सरकारको खासै ध्यान गएको देखिंदैन्। पहिले पहिले क्यान्सर रोग लागेपछि अब मरिहालिन्छ भन्ने सोचिन्थ्यो । अब भने क्यान्सरको पनि उपचार छ र यसको समयमै उपचार गरेमा निको हुन्छ भन्ने जनमानसमा परेको छ । हामीले यही कुरा बुझाउन सक्यौं जस्तो लाग्छ ।

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने नाराका साथ हामीले सुरु गरेको नेपाल क्यान्सर अस्पतालमा सुरु सुरुमा बिरामी पाउनै मुश्किल थियो भने अहिले बिरामी एकपटक त यहीको अस्पतालमा जानुपर्छ भनेर आएको देख्दा खुशी लाग्छ । अझ योवीचमा कयौं भारतमा उपचार गराइरहेका बिरामी उताबाट रिफर मागेर नेपालमै उपचार गर्छु भनेर पनि आउन थालेका छन्। हामीले यत्ति विश्वास चाहिं कमायौं भन्ने लाग्छ । भारत वा अन्य देशमा गएर आएर धेरै खर्च भइसकेपछि अन्तिम अवस्थामा हामीमाथि नै भरोसा गरेर उपचार गर्न आउनेहरु पनि धेरै छन् । विदेश जानुको साटो स्वदेशमै अन्तराष्ट्रिय स्तरको उपचार हुन्छ भन्ने विश्वास दिलाउन हामी तल्लीन छौं । त्यसका लागि हामीसँग डेडिकेटेट विशेषज्ञ टिम नै छ ।

हो सुरु सुरुमा बिरामीलाई यहाँ राख्नै गाह्रो थियो । क्यान्सर हुने बित्तिकै अब भारत वा अन्य देश नै जान पर्छ यहाँ त हुँदैन भन्ने थियो । तर अब परिस्थिती बदलिएको छ । यसैगरी निको भएका बिरामीलाई खुलेर समाजमा आउने वातावरण पनि हामीले सिर्जना गर्यौं । जसले गर्दा उपचार गराइरहेका बिरामीमा आत्मबल बढ्यो । जुन अहिले पनि हाम्रो अस्पतालमा क्यान्सरबाट निको भएको सर्भाइभरहरुले उपचार गराइरहेको बिरामीलाई काउन्सिलङ गर्ने गर्छन्। यसले गर्दा उनीहरुलाई म पनि निको हुन्छु भन्ने परेर छिटो निको हुन आत्मबल बढ्छ ।

अहिले नेपालमा विशेषज्ञ चिकित्सकहरुको संख्या पनि बढेको छ । जसले अन्तराष्ट्रिय स्तरको सेवा यहीं बसेर दिइरहेका छन्। क्यान्सर लाग्दैमा आत्तिनु पर्दैन । समयमै रोग पत्ता लगाएर आफनै देशमा आफनै परिवारसँग बसेर पनि उपचार गर्न सकिन्छ । यसैगरी समयमै उपचार सुरु गरेमा पूर्ण रुपमा निको पार्न सकिने मात्र होइन। यसपछि पनि गुणस्तरीय जीवन यापन गर्न सकिन्छ ।