Health TV Online
Health TV Online

जाडोमा ढाड दुख्ने समस्या किन बढ्छ ? कसरी बच्ने ?

जाडोमा ढाड दुख्ने समस्या किन बढ्छ ? कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन : ढाड दुख्ने समस्या लिएर सामायतया सबै सिजनमा बिरामीहरु आउने गर्छन । तर गर्मीको तुलनामा जाडो याममा यो समस्या अझ धेरै बढी देखिन्छ । ढाड दुख्ने धेरै कारणहरु छन्। त्यसमध्ये पनि जाडो मौसममा बढी ढाड दुख्ने भनेको हाम्रो आनीबानी र जाडोका कारण गरिने हाम्रो अल्छी व्यवहार कारक बन्ने गर्छ ।

ढाड दुख्ने समस्या पहिले पहिले बुढेसकालमा हड्डी कमजोर हुँदै गएपछि देखिने समस्या हो भनेर बुझिन्थ्यो भने अहिले यसको परिभाषा फरक भएको छ । अहिले युवा अवस्थामै ढाड घुँडा दुख्ने समस्या लिएर आउने बिरामीको संख्या अत्यधिक छ । यसको कारण भनेको लामो समय एकै ठाउँमा बसेर काम गरिरहनु, पोस्चर राम्रो नहुनु, शारीरिक व्यायामको कमी, पानी कम पिउनु, तनाव, जंक फुडको बढी प्रयोग गर्नु हो । त्यसैले ५० वर्ष नाघेपछि देखिने समस्या अहिले जसलाई पनि हुन थालेको छ ।

जाडोमा बढी किन दुख्छ त ढाड ?
जाडो मौसममा सामान्य अवस्थामा भन्दा ढाड दुख्ने समस्या लिएर आउने बिरामीको संख्या बढी हुन्छ । त्यसैले पनि यो बेला ढाड कम्मरको स्याहार अझ बढी गर्नुपर्ने हुन्छ । सामान्यतया जाडो मौसममा मानिसहरु घरबाहिर निस्कन चाहनुहुन्न । यो बेला सिरक भित्र वा घरभित्र एकै ठाउँमा हिटर बालेर बस्ने गरेको पाइन्छ। यसो गर्दा शरीरले एक्सरसाइज पाउँदैन । चिसो छ भन्दै गरिरहेको मर्निङ वाक र एक्सरसाइज पनि गर्न छोड्छौं । यसले समस्या थपिरहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा जाडोका कारण यो बेला पानी पनि कम खाने चलन छ । शरीरमा पानीको मात्रा कम हुँदा रगतसँग मिसिएर जुन सबैतिर पुग्न पाउँदैन र मसलहरु जाम हुन पुग्छन्। पानी कम पिउँदा रगतको फ्लो शरीरमा राम्ररी हुन पाउँदैन्। रगत बाक्लो हुन जान्छ । त्यसैले मनतातो पानी पिइरहनु आवश्यक हुन्छ ।

हामीले हाम्रो शरीरलाई जति नचलाएर राख्छौं त्यति नै मसलहरु कमजोर हुँदै जान्छन् र सामान्य काम गर्दा पनि समस्या हुने गर्छ । त्यसैले मसल बलियो बनाउन र ढाड कम्मर दुखाई नहोस भन्नका लागि नियमित हल्का शरीरलाई तन्काउने गर्नैपर्छ । नियमित गरिने शारीरिक व्यायामका कारण ढाड\ कम्मर दुख्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

यसैगरी नसा च्यापिएको बिरामीमा अझ बढी यो बेला समस्या देखिन सक्छ । नसा च्यापिंदैमा दुखाइ नहुन सक्छ । जब व्यायाम पुग्दैन तब यसमा मसलहरु पनि कमजोर हुँदै गएर दुखाई बढ्ने हुन्छ । त्यसैले नसा च्यापिएका बिरामीले झनै ख्याल गर्नुपर्ने हुन्छ । यो बेला खुम्चिएर बस्ने गर्दा शरीरका मसलहरुलाई इनर्जी नै पुग्दैन जसले गर्दा सामान्य काम गर्दा पनि ढाड दुख्ने वा झस्का पस्ने समस्या बढी हुन्छ ।

जाडो भए पनि आफूलाई चिसोबाट जोगाउन न्यायो लुगा लगाएर नियमित हल्का शारीरिक व्यायाम गर्ने, बिहान नसके पनि दिउँसो भए पनि एकछिन हिंड्ने गर्नु राम्रो हुन्छ। यो बेला चिसोका कारण एक्ससाइज गर्न मन नलाग्नु स्वभाविक हो तर यसले दीर्घकालिन असर गर्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । हामीले हाम्रो शरीरलाई जति नचलाएर राख्छौं त्यति नै मसलहरु कमजोर हुँदै जान्छन् र सामान्य काम गर्दा पनि समस्या हुने गर्छ । त्यसैले मसल बलियो बनाउन र ढाड कम्मर दुखाई नहोस भन्नका लागि नियमित हल्का शरीरलाई तन्काउने गर्नैपर्छ । नियमित गरिने शारीरिक व्यायामका कारण ढाड\ कम्मर दुख्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । अर्को कुरा जसले डाक्टरको निगरानीमा फिजियोथेरापी गरिरहनु भएको छ त्यस्ता बिरामीले पनि जाडो छ भनेर फिजियो गर्न नमानेको पाइन्छ । यस्ता दीर्घ समस्या भएका बिरामीले त झनै यो बेला फिजियो वा अन्य थेरापी छोड्न हुँदैन । यसलाई निरन्तरता दिन नसकेमा फेरि समस्या जस्ताको तस्तै हुनसक्छ । त्यसैले जाडोमा ढाड दुख्ने समस्या कम गर्नका लागि वा यसबाट बच्नका लागि निम्न कार्य गर्न जरुरी हुन्छ :

-मनतातो पानी दैनिक तीन देखि ४ लिटर पटक पटक गरेर पिउने
-शारीरिक व्यायाम कम्तीमा आधा घण्टा नियमित गर्ने
-गरिरहेको एक्सरसाइज, योग, मर्निङ वाक नछोड्ने
-घर, अफिसमा बस्दा पोस्चरको ख्याल गर्न
-एकै ठाउँमा धेरै बेर नबस्ने, बस्नै परे पनि बेला बेलामा उठेर जिउ तन्काउने
-तनाव नलिने र स्वस्थकर भोजनको सेवन गर्ने