Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मलाई त आफूले कुनै बेला मिर्गौला प्रत्यारोपण पनि गरेको थिएँ र भन्ने लाग्छ’

नियमित परीक्षण र खानपानमा होशियारीले अहिलेसम्म कुनै समस्या आएको छैन्

‘मलाई त आफूले कुनै बेला मिर्गौला प्रत्यारोपण पनि गरेको थिएँ र भन्ने लाग्छ’

नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराउने व्यक्ति हुन् हेमराज श्रेष्ठ । काठमाडौं बुढानिलकण्ठका हेमराजले नेपालमै पहिलोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आफनो मिर्गौला प्रत्यारोपण गराएका थिए । उनलाई उनकी श्रीमती ज्ञानी श्रेष्ठले मिर्गौला दिएकी थिइन । वि सं २०६५ साल साउन २४ गते नेपालमै पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेर सेवा शुरु भएको थियो ।

१२ वर्षअघि हेमराज श्रेष्ठ मिर्गौला फेल भएपछि डाइलाइसिस गराइरहेका थिए । उनीसँग अब मिर्गौला प्रत्यारोपणको विकल्प थिएन । त्यसैले उनले मिर्गौला प्रत्यारोपणको तयारी भने गरिरहेका थिए । त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपण नभएका कारण भारत जानुपर्ने बाध्यता थियो । तर त्यही बेला नेपालमा मिर्गौला प्रत्यारोपण शुरु हुने कुरा हुन थालेको छ भन्ने थाहा पाएपछि उनी जे भए पनि आफनै देशमा गर्छु, मरे पनि बरु नेपालमै मर्छु भन्ने ठानेर भारतबाट फर्केर आए र त्रिवि शिक्षण अस्पताल पुगेर सबै बुझे । नेपालमै प्रत्यारोपण शुरु हुने भएपछि किन जानु अर्काको देशमा भन्ने लागेर आफू केही समय डायलाइसिसको सकस सहेर कुरेर बसेको बताउँछन् श्रेष्ठ । उनले नेपालमै प्रत्यारोपण गराउने निधो त गरे तर कता कता पहिलोपटक हुन लागेकोले मरिने पो होकी भन्ने लाग्यो तर जे होस भनेर आँट गरेको उनको भनाई छ ।

अहिलेसम्म कुनै समस्या नआएको हेमराज बताउँछन्। उनले भने, ‘मिर्गौला प्रत्यारोपण गरेपछि गाह्रो हुन्छ, ‘आराम मात्र गर्नपर्छ भन्थे तर त्यस्तो होइन रहेछ । मलाई त आफूले कुनै बेला मिर्गौला प्रत्यारोपण पनि गरेको थिएँ र भन्ने लाग्छ ।’ उनले भने, ‘म जस्ता मिर्गौला प्रत्यारोपण गराएका सबैलाई के भन्न चाहन्छु भने मिर्गौला प्रत्यारोपण गरेको छ भन्दैमा जीवन नै समाप्त हुने होइन् त्यसपछि पनि स्वस्थ र सक्रिय जीवन जिउन सकिन्छ । जसको ज्वलन्त उदाहरण म आफै छु ।’ नियमित परीक्षण र खानपानमा होशियारीले अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको बताउँछन्।

हेमराजले डा दिव्या सिंहलाई भेटेर सोही दिन प्रत्यारोपण गर्ने भनेर सबै जाँचहरु पनि गराए र तयार भएर बसे । खासमा अर्को एक व्यक्तिलाई तयार पारेर प्रत्यारोपण गरिंदै थियो तर ती व्यक्तिलाई प्रत्यारोपण गर्ने दिन ज्वरो आएपछि हेमराजकै पालो आएको बताउँछिन् मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह । त्यसपछि भने हेमराजलाई अघि सारिएको थियो । यसरी उनी नेपालमै पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति बन्न पुगे ।

हेमराज प्रत्यारोपणपछि पनि सक्रिय जीवन बिताइरहेका छन्। उनी बिहानै ५ बजेसम्म उठिसक्छन्। त्यसपछि उनको दैनिकी मर्निङ वाकबाट शुरु हुन्छ । खानपानमा विशेष ध्यान दिने गरेको उनको भनाई छ । कहिलेकाही अप्ठेरो परेमा मात्र बाहिरको खाना खाने गरेको बताउँदै उनले भने, म सकेसम्म स्वस्थ खाना नै खान्छु । यसमा हामी प्रत्यारोपण गरेकाले ध्यान दिनैपर्छ उनी थप्छन्। उनी घरजग्गासम्बन्धी व्यवसाय गर्छन । त्यसमा दौडधुप खुब गर्नुपर्छ तर पनि उनी सक्रिय रुपमा लागिरहेकै छन्। उनले भने, धेरैले यो बिरामी छ भन्ने सोच्छन् तर म त मिर्गौला प्रत्यारोपण गरेपछि झन सक्रिय भएको छु । अहिलेसम्म नियमित फलोअप बाहेक अस्पताल जान नपरेको बताउँछन् उनी ।

उनलाई मिर्गौला दिने उनकी श्रीमती ज्ञानी पनि स्वस्थ र सक्रिय छिन्। अहिलेसम्म कुनै समस्या नआएको हेमराज बताउँछन्। उनले भने, ‘मिर्गौला प्रत्यारोपण गरेपछि गाह्रो हुन्छ, ‘आराम मात्र गर्नपर्छ भन्थे तर त्यस्तो होइन रहेछ । मलाई त आफूले कुनै बेला मिर्गौला प्रत्यारोपण पनि गरेको थिएँ र भन्ने लाग्छ ।’ उनले भने, ‘म जस्ता मिर्गौला प्रत्यारोपण गराएका सबैलाई के भन्न चाहन्छु भने मिर्गौला प्रत्यारोपण गरेको छ भन्दैमा जीवन नै समाप्त हुने होइन् त्यसपछि पनि स्वस्थ र सक्रिय जीवन जिउन सकिन्छ । जसको ज्वलन्त उदाहरण म आफै छु ।’ नियमित परीक्षण र खानपानमा होशियारीले अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको बताउँछन्।