Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिनी बढी खाए स्वास्थ्यमा यस्ता समस्या

चिनी बढी खाए स्वास्थ्यमा यस्ता समस्या

खाद्यपदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्यका लागि हानिकारक हो भन्छन् चिकित्सकहरू। तर यति चिनी खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्नेचाहिँ प्रमाणित भइसकेको छैन।

अमेरिकी हार्ट एसोसियनका अनुसार एक दिनमा पुरुषले ३७ दशमलव ५ ग्राम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ। त्यस्तै, महिलाले २५ ग्राम अर्थात् एक सय क्यालोरीबराबर उपयुक्त मानिन्छ। तर एक व्यक्तिले ७६ दशमलव ७ ग्रामभन्दा चिनी खाने गरेकाले स्वास्थ्यमा समस्या निम्तिने गरेको छ।

मोटोपना

चिनीको अत्यधिक सेवन मोटोपनाको प्रमुख कारण हो । चिनीमा उच्च क्यालोरी मात्रा हुने भएकाले मोटोपनको समस्या निम्तिन्छ। उच्च चिनीयुक्त सोडा, जुस, चिया, कफी, केकजस्ता खाद्यपदार्थ खाँदा मोटोपना बढ्छ।

मुटुरोग

शरीरमा आवश्यकताभन्दा बढी मात्रामा चिनी हुँदा उच्च रक्तचाप र ब्लडसुगरको सम्भावना बढ्छ। रगतमा चिनीको मात्रा बढी हुँदा धमनीमा बोसो जम्मा हुन्छ र धमनी साँघुरो हुन जान्छ र रक्तसञ्चारमा समस्या आउँछ। यसबाट मुटुमा विभिन्न समस्या देखापर्छन्।

डिप्रेसन

अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी ल्याउनुका साथै झर्किने र डिप्रेसनमा आउने समस्या निम्त्याँउछ । केक, चकलेट र गुलिया जुस आदिमा चिनीको मात्रा बढी हुन्छ।

मधुमेह

विश्वभर मधुमेहका बिरामीको समस्या दोब्बर संख्यामा बढ्दै गएको अध्ययनले देखाएको छ । विशेषगरी, चिनीयुक्त जुस, सफ्ट ड्रिंक्स र अन्य खाद्यपदार्थबाट शरीरमा चिनीको मात्रा बढिरहेको पाइन्छ । जसले गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ।

क्यान्सर

रगतमा चिनीको मात्रा बढी भएमा भिटामिन सीको कमी हुन्छ । फलस्वरूप शरीरमा प्रतिरोधी क्षमतामा एकाएक कमी आउँछ । त्यस्तै, चिनीकै कारण ग्रोथ हार्मोनको उत्पादनमासमेत कमी आउँछ । क्यान्सरजन्य कोषको वृद्धिमा पनि सघाउ पुर्याउँछ।

रगतमा चिनीको मात्रा बढी भएमा छाला सुक्खा हुने समस्या देखिन्छ । साथै, कोष र हर्मोन उत्पादनमा गडबडी आउने हुँदा कतिपय मानिसमा चाँडै बुढो देखिने समस्यासमेत हुन्छ। खानेकुरामाचिनीको मात्रा बढी भएमा शरीर सुन्निने, पेटमा समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने र माइग्रेन हुने तथा मिर्गौलामा नकारात्मक असर पुग्छ।