मुटुरोगदेखि क्यान्सर रोगीसम्मलाई उपयोगी जैतुनको तेल
जैतुन (ओलिभ) दुई रङमा पाइन्छ, कालो र हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रूपमा प्रयोगमा आउनुका साथै लाभदायी हुन्छ।
जैतुनको तेल युरोपेली मुलुकमा बढी प्रयोग हुन्छ। उनीहरूले खाना पकाउन यसको प्रयोग गर्छन्। खासगरी इटालीमाजैतुनको तेल भान्सामा अनिवार्यमानिएको छ।
यसको तेलले क्यान्सरका बिरामीलाई क्यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगमा अचुक औषधि मानिन्छ। यो तेलको नियमित सेवनले मस्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज राख्छ।
यसका साथै मसाज गरेमा शरीरका हड्डीहरु मजबुत बनाउँछ। यसका साथै उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुर्याउँछ। शरीरमा भएको बोसो र मोटोपन घटाउन, कपाल चम्किलो र मुलायम बनाउन जैतुनको तेलले भरपूर सहयोग गर्छ।
यसको तेल लगाएर मसाज गरेमा मर्किएको अंग निको हुन्छ। यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ। यस्तै यौनशक्ति कमजोर भएका मानिसहरुका लागि जैतुनको तेलमा पकाएका परिकारहरु उपयोगी मानिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण