बालबालिकालाई टुथपेस्ट कति दिने?
काठमाडौं : हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्छ भन्न थाहा छ तर टुथपेस्ट कति लिने भन्ने अधिकांशलाई थाहा छैन। अझ बच्चाहरूलाई कति दिने भन्नेमा हामी जानकार नै छैनाैँ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा केराउको दाना जति टुथपेस्ट दिनुपर्छ।
दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। अध्ययनअनुसार, करिब ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टुथपेस्ट दिन्छन्। दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई ‘डेन्टल फ्लुओरोसिस’ हुन सक्छ।
अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टुथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाउँछ।
साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।
अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार